भैरहवा– राजा त्रिभुवन र महेन्द्रले पूजा गरेको मर्चवारीमाई मन्दिरमा पूर्वराजा ज्ञानेन्द्र शाहले दोस्रो पटक पूजा गरेका छन्।
पहिलो पटक २०६८ सालमा मर्चवारीमाईको मन्दिरमा पूजा गरेका शाहले दोस्रो पटक मंगलबार पूजा गरेका हुन्।
मंगलबार पूर्वराजा शाह मर्चवार पुग्दा सर्वसाधारणको ठूलो भीड लागेको थियो।
पूर्व राजा शाहले आज मर्चवारीमाईसहित रामजानकी र मर्चेश्वर महादेवको पूजा गरेका हुन्।
स्थानीय जनार्दन यादवका अनुसार मर्चवारीमाई मन्दिरमा राजा त्रिभुवन र महेन्द्रले पनि पूजा गरेका थिए।
रुपन्देही जिल्लास्थित मर्चवार मन्दिरको इतिहास करिब ४६० वर्षभन्दा पुरानो रहेको स्थानीय जयप्रकाश गौरले जानकारी दिए।
पूर्व राजा शाह भैरहवालाई आधार बनाएर यसक्षेत्रको साता व्यापी भ्रमणमा छन् ।