दाङ– दाङमा सिस्नेखोलामा आएको बाढीले जीप बगाउँदा चारजनाको मृत्युभएको छ।
घोराही-लमही सडक खण्डको घोराही उपमहानगरपालिका–४ स्थित सिस्नेखोलामा आएको बाढीले बुधबार राति १० बजे जीप बगाउँदा ४ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका असै गोकर्ण खड्काले जानकारी दिए। मृत्यु हुनेमा एकै घरमा दुई दिदीबहिनीसहित चारजना रहेको उनले बताए।
चालकको भने उद्धार गरिएको प्रहरीले जनाएको छ। चालक घोराही–१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको र अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भैरहेको प्रहरीले जनाएको छ।
रुपैडियाँमा किनमेल गरेर फर्कदै गर्दा प्रदेश ०३– ०१ –०२४च ४४४० नम्बरको जीपलाई बाढीले बगाएको प्रहरीले जनाएको छ।
घटनामा परि घोराही १३ की ३२ वर्षीया सुशीला श्रेष्ठ, घोराही १४ की ३० वर्षीया राधा कुवर, घोराही–१३ की ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको मृत्यु भएको खड्काले बताए।