सोमबार, भदौ १, २०८३

बागलुङ जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

 |  मंगलबार, मंसिर १७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १७, २०७६

काठमाडौं– बाग्लुङको बडिगाडमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ। दुर्घटनामा चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । एकजनालाई बडिगाड खोलाले बगाएर वेपत्ता बनाएको छ।

जिपमा १८ जना सवार थिए । घाइते ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गुल्मीको इस्माबाट कुलपूजाका लागि बागलुङको देवीस्थान जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७ घोपर्नाबाट खोलामा खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापा, सोही गाउँपालिका– ५ का २३ वर्षीया माया थापा, इस्मा–५ का ४० वर्षीया वसुन्धरा कार्की, इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की र धनबहादुर कार्की रहेका छन् । त्यसैगरी इस्माकै ४० वर्षीय छवि कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ । ठाउँ वतन नखुलेका सूचना कार्की रहेका छन् ।

दुर्घटनामा ज्यान गुमाएका पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की दुर्घटनामा घाइते भएका छन् ।

प्रकाशित: Dec 03, 2019| 08:48 मंगलबार, मंसिर १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।