बिहीबार, भदौ ४, २०८३

नवीनको बुबाआमाको उपचारमा सन्तोषको सहयोग

पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका फुटबल प्रशिक्षक नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार सहयोग गरेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले क्यान्सरको उपचार गराइरहेका फुटबल प्रशिक्षक नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार सहयोग गरेका छन्।

थ्रीस्टार, एपीएफ, मनाङमस्र्याङदी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन्। उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षकको रूपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसँगै खेलेका थिए। नवीनले २०६४–६५ मा एनआरटीबाट बालगोपालसँग पनि खेलेका थिए।

‘बाआमाको स्वस्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन्। यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ। सन्तोषसहित सबैलाई धन्यवाद।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रूपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिनेसँगै गाइड पनि गरिरहेका छन्। उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए। त्यसक्रममा उनी 'ए' डिभिजन लिगमा १०० गोल गर्ने पहिलो खेलाडि हुन सफल भएका थिए।

प्रकाशित: Sep 02, 2021| 06:28 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।