काठमाडौँ– नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ। घिमिरेको बुधबार साँझ निधन भएको सो अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन। उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौँ,’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन्, ' दिंवगत आत्माको चीर शान्तिको कामना गर्छौं।'
सडक दुर्घटनामा परेछि थलिँदै गएकी उनलाई खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने शरीरमा रहेका घाउहरुमा पनि कुनै सुधार देखिएको थिएन।
नर्भिक अस्पतालले घिमिरेलाई २०७८ जेठ २७ गतेदेखि उपचार थालेको थियो।