शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कल्पनालाई जसपाले कारबाही गरेपछि लुम्बिनीमा सांसद बनिन् निर्मला

कल्पनालाई जसपाले कारबाही गरेपछि लुम्बिनीमा सांसद बनिन् निर्मला

जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

National life
Laxmi sunrise bank
kumari

बुटवल- लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा)ले कारबाही गरेपछि रिक्त भएको प्रदेशसभा सदस्यमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराई निर्वाचित भएकी छन्। जसपा नेपालका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्सालको रिक्त भएको पदमा समानुपातिक मधेशी समावेशी समूहबाट निर्मला निर्वाचित गरेको निर्वाचन आयोगले जनाएको छ। 

‍आयोगका सचिव सुरेश अधिकारीले लुम्बिनी प्रदेशसभा सचिवालयलाई मंगलबार पत्र पठाउँदै निर्मला निर्वाचित भउको जानकारी गराएका हुन्। साउन ३२ गते जसपा केन्द्रीय कार्यकारिणी बैठकको निर्णय अनुसार बन्दसूची उम्मेदवारमध्येबाट निर्मलालाई आयोगको भदौ १० गते बैठकले रिक्त पदमा निर्वाचित गरेको पत्रमा उल्लेख गरेको छ। 

जसपाले एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री भएको भन्दै कल्पना पाण्डेसहित सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादवलाई कारबाही प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो। कल्पना सांसद भएको पद रिक्त भएपछि निर्मलालाई सिफारिस गरिएको थियो। उक्त सिफारिसअनुसार आयोगले निर्मला निर्वाचित भएको घोषणा गरिसकेको जसपा लुम्बिनीका अध्यक्ष अशोक यादवले बताए। उनले एक हप्ताभित्र निर्मलाले सपथ लिनेसमेत जानकारी दिए।

प्रकाशित: Sep 01, 2021| 18:59 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।