बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोभिड अपडेट : २ हजार ५२ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

कोभिड अपडेट : २ हजार ५२ जनामा संक्रमण पुष्टि, २० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर २ हजार ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै बितेको २४ घण्टामा २० जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। बुधबारको पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो।

बितेको २४ घण्टामा १४ हजार ९३५ जनामा कोरोना परीक्षण भएको थियो।  यसैगरी सोही अवधिमा ३ हजार ३० जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार बुधबार १४ हजार ९३५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार ६१२ जनाको पिसिआर र ४ हजार ३२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।


प्रकाशित: Sep 01, 2021| 17:05 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।