बिहीबार, भदौ ४, २०८३

रुकुमपूर्वमा ९ हजारभन्दा बढीले लगाए कोभिड खोप

रुकुमपूर्वमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या नौ हजार पुगेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

रुकुम- रुकुम पूर्वमा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने संख्या ९ हजारभन्दा बढी पुगेको छ। हालसम्म ९ हजार ३ सय २२ जनाले खोप लगाएको रुकुम पूर्वका कोभिड फोकल पर्सन निमप्रसाद गिरीले जानकारी दिए।

जिल्लामा कोभिसिल्ड, भेरोसेल, जोन्सन एन्ड जोन्सन र एस्ट्राजेनेका खोप लगाइएको छ। एस्ट्राजेनेका र कोभिसिल्ड ६ हजार ८ सय ४२ जनाले पहिलो डोज र ३ हजार ८ सय ५५ ले दोस्रो डोज लगाएका छन्।

उनका अनुसार २ हजार ९ सय ८७ जना दोस्रो डोज लगाउन बाँकी छन्। भेरोसेल २ हजार ४ सय ८० ले पहिलो डोज लगाइसकेकोमा १६ सय ६४ जनाले दोस्रो डोज लगाउन बाँकी छ।

एक डोज मात्र लगाए पुग्ने जोन्सन खोप भने ६ सय ८० जनाले लगाएका छन्। जिल्लामा प्राप्त भएको कोरोनाविरुद्धको खोप दोस्रो र पहिलो डोज लगाउनेको संख्या १२ हजार नौ सय ९१ छ। 

४० वर्षदेखि माथिकालाई पनि खोप

यसअघि तोकिएको उमेर समूहलाई लगाई मौज्दात रहेको खोप अब ४० वर्ष उमेरमाथिकालाई मंगलबारबाट लगाउन सुरु गरिएको छ। मंगलबार स्वास्थ्य कार्यालय रुकुमकोट र पुथाउत्तरगंगाको तकबाट ४० वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाउन सुरु गरिएको गिरीले बताए। भूमे गाउँपालिका खाबाङ बगरमा बुधबारदेखि लगाइँदै छ।

स्वास्थ्य कार्यालय रुकुमकोटमा बुधबारसम्म र भूमे र पुथाउत्तरगंगामा १७ भदौसम्म लगाइँदै छ। भेरोसेल २२ सय ५२ डोज, जोन्सन ४५ डोज, एस्ट्राजेनेका दुई सय ६० डोज मौज्दात रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। 

प्रकाशित: Sep 01, 2021| 15:51 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।