आइतबार, वैशाख २७, २०८३

अफगानिस्तानबाट सेना फिर्ता गर्नु उत्तम विकल्प : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको युद्ध अन्त्य गर्न सेना फिर्ता गर्नु उत्तम विकल्प भएको बताएका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

न्युयोर्क- अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको युद्ध अन्त्य गर्न सेना फिर्ता गर्नु नै उत्तम विकल्प भएको बताएका छन्। मंगलबार टेलिभिजनमार्फत् सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले यस्तो बताएका हुन्। 

National life

काबुलबाट सेना फिर्तागर्नुभन्दा उत्तम विकल्प अरु कुनै पनि नभएको उनले उल्लेख गरे। 'हामीले अफगानिस्तानको युद्धलाई थप लम्ब्याउन चाहेनौँ। अमेरिकी सेना फिर्ता गर्ने विषयलाई पर धकेल्न चाहेनौँ,' टेलिभिजनबाट प्रसारण भएको सम्बोधनमा उनले भनेका थिए। 

अमेरिकी सेनाले मंगलबार नै काबुल छोडेको थियो। अमेरिकाले २० वर्ष लामो युद्ध अन्त्य गर्दै मंगलबार सबै सेना फिर्ता गरेको थियो। 

उता अमेरिकी सेना फिर्ता भएपछि तालिवानले भने खुशीयाली मनाएको छ। अफगानिस्तान स्वतन्त्र र संम्प्रमुतासम्पन्न राष्ट्र बनेको भन्दै उनीहरूले खुशीयाली मनाएका हुन्। 

तालिवानका प्रवक्ता जाबिहुल्लाह मुजाहिदले आफूहरूको विजयबाट अमेरिकाले पाठ सिक्नुपर्ने उल्लेख गरेका छन्। 

प्रकाशित: Sep 01, 2021| 15:30 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।