मंगलबार, असोज २०, २०८३

काठमाडौंका सीडीओको नयाँ आदेश, स्कुल खोल्न लचिलो

जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काठमाडौं– जिल्ला प्रशासन कार्यालयले भदौ मसान्तसम्मका लागि नयाँ आदेश जारी गरेको छ। १७ भदौदेखि लागू हुने उक्त आदेशमा निषेध शब्द भने राखिएको छैन। यस अर्थमा काठमाडौंमा गत वैशाख १६ गतेबाट जारी निषेध आदेश हटेको बुझ्न सकिन्छ। 

आज बुधबार सार्वजनिक ७ बुँदे आदेशमा स्वास्थ्य मापदण्ड पालना गरेर क्रियाकलापहरु सञ्चालन गर्न भनिएको छ। यसअनुसार स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी शैक्षिक संस्थाहरु सञ्चालन गर्न पाइनेछ। यसअघि शैक्षिक संस्थाहरूले भौतिक उपस्थितिमा ‍पठनपाठन गर्न पूर्ण निषेध थियो। 

त्यस्तै अब पसल, रेष्टुरेन्ट, होटललगायत व्यवसाय पनि सञ्चालन गर्न पाइने भएको छ। ढुवानीको हकमा भने प्रशासनले समय तोकेको छ। स्थानीय ढुवानीको हकमा बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजे सम्म सञ्चालन गर्न पाइनेछ।

सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानीको लागि भने बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाउने छन्।

प्रकाशित: Sep 01, 2021| 14:44 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।