सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई

प्रदेश १ सरकार अल्पमतमा पर्‍याे, मुख्यमन्त्रीले राजीनामा दिनुपर्छ : राई
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

विराटनगर– नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का सांसद राजेन्द्र राईले नेकपा (एमाले) नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको बताएका छन्।

National life

एमालेका १० जना प्रदेश सांसदले एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेपछि उनले सरकार अल्पमतमा परेको दाबी गरेका हुन्।

बुधबार प्रदेश १ निर्वाचन कार्यालयमा समाजवादी पार्टीमा सनाखत गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद राईले मुख्यमन्त्री भीम आचार्यले नैतिकताका आधारमा पद छाड्नुपर्ने बताए। भने,‘ २२ गतेसम्म दल रोज्ने समय भएकाले भदौ २३ पछि पद छाडे हुन्छ।’ नैतिकताका आधारमा पद नछाडे गठबन्धनको नेतृत्वमा सरकार गठनको प्रक्रिया सुरु गरिने उनले बताए। ‘मुख्यमन्त्री आचार्य प्रतिगामी कित्तामा उभिएकाले उहाँलाई सर्मथन गर्न सकिएन। दल छनोटको आधिकारिकता पाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुन्छ,’ उनले भने।

नेता राईले समाजवादी पार्टीमा खुल्ने प्रदेश सांसदको संख्या बढ्न सक्ने बताए। भने, ‘५ जना साथीहरुसँग कुराकानी भइरहेको छ, उहाँहरुले इन्कार गरेको अवस्था छैन।’ 

केन्द्रीय सदस्य राईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निकालेपछि पलायन हुन नसकेर नयाँ दल दर्ता गरिएको बताए। नयाँ पार्टी खोल्नु रहर नभएर बाध्यता भएको उनको तर्क छ। ओलीभन्दा पनि लामो समयदेखि पार्टी निर्माणमा लागेका नेताहरु समाजवादीमा रहेको राईले बताए। 

Shivam cement

प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। नयाँ पार्टीका सनाखत गर्ने सांसदहरूमा राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, खिनु लङ्वा लिम्बू, सरिता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ र सुनिता चौधरी छन्। 

मोरङको बुढीगंगा ४ का वडाध्यक्ष रमेश खनाल र बुढीगंगा ५ का वडाध्यक्ष कासिम मियाले पनि समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रकाशित: Sep 01, 2021| 14:30 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।