विराटनगर– प्रदेश १ का १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। सनाखत गर्नेमा सांसदहरू राजेन्द्र राई, उपेन्द्र घिमिरे, कृष्णकुमारी राई, राजन राई, खिनु लङ्वा लिम्बू, सरिता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ र सुनिता चौधरी छन्।
मोरङको बुढीगंगा ४ का वडाध्यक्ष रमेश खनाल र बुढीगंगा ५ का वडाध्यक्ष कासिम मियाले पनि समाजवादीमा सनाखत गरेको निर्वाचन कार्यालयले जनाएको छ।