काठमाडौं- बाला चतुर्दशीका अवसरमा आज (सोमबार) बिहान देशभरका विभिन्न शिवालयमा शतबीज छरिएको छ।
मार्गशीर्ष (मंसिर) कृष्ण चतुर्दशीमा मनाइने यो पर्वमा दिवंगत पितृको सम्झना गर्दै शतबीज छर्ने गरिन्छ। शतबिज छरे पितृको उद्दार हुने हिन्दू शास्त्रहरूमा उल्लेख छ।
काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा पनि शतबीज छर्नेको घुइँचो लागेको थियो।
हेर्नुस् तस्बिरमा






