बिहीबार, कात्तिक २७, २०८२

प्रदेश १ का ७ सांसदले गरे समाजवादीमा सनाखत

प्रदेश १ का ७ जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आएका मध्ये ७ जनाले सनाखत गरेका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

विराटनगर- प्रदेश १ का ७ जना प्रदेश सांसद नेकपा एकीकृत समाजवादी पक्षमा खुलेका छन्। प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आएका मध्ये ७ जनाले सनाखत गरेका छन्।

National life

 सनाखत गर्नेमा सांसदहरू राजन राई, खिनु लङ्वा लिम्बू, सरिता खड्का, सावित्रा रेग्मी, गणेश काम्वाङ, पदमकुमारी गुरूङ, सुनिता चौधरी रहेका छन्। निर्वाचन कार्यालयमा उपस्थित राजेन्द्र राईले दुई जना सांसदले पर्खेको बताएका छन्। 

यसअघि समाजवादीको पक्षमा खुलेका उपेन्द्र घिमिरे र कृष्णकुमारी राई निर्वाचन कार्यालय आउँदै गरेको समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले बताए।

निर्वाचन कार्यालयमा मोरंगको बुढीगंगा-४ का वडाध्यक्ष रेमश खनाल र बुढीगंगा-५ का वडाध्यक्ष कासिम मियाले पनि समाजवादीमा सनाखत गरेको रेग्मीले बताए।

भदौ २२ गतेसम्म सनाखतको समय रहेकाले समाजवादीको पक्षमा खुल्ने जनप्रतिनिधि बढ्ने उनले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 01, 2021| 13:16 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।