आइतबार, साउन ३१, २०८३

कार्यालयबाट विदा पाउन विरामी भएको बहाना गर्ने सबैभन्दा धेरै

बेलायतमा विभिन्न कार्यालयमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरुले आफ्ना हाकिमसँग विरामी भएको बहानामा छुट्टी लिने गरेको एक सर्वेक्षणले देखाएको छ।
 |  शनिबार, मंसिर ७, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ७, २०७६

एजेन्सी- बेलायतमा विभिन्न कार्यालयमा कार्यरत ठूलो संख्यामा कर्मचारीहरुले आफ्ना हाकिमसँग विरामी भएको बहानामा छुट्टी लिने गरेको एक सर्वेक्षणले देखाएको छ।

हरेक पाँच जनामा दुई जना कर्मचारीले यस्तो गर्ने गरेको सर्वेक्षणमा देखिएको हो।

बीबीसीले गरेको सर्वेक्षणमा कर्मचारीहरुले हाकिमसँग झुठो बोल्ने, चोरी गर्ने तथा अन्य कर्मचारीले गरेको कामको श्रेय लिने गरेको स्वीकार गरेका छन्।

बेलायतको अफिस फर नेशनल स्टाटिटिक्सका अनुसार एक कर्मचारीले वर्षमा लगभग चार दिन विरामी विदा लिन्छन्।

सन् २०१८ मा कार्यालय नआउनका लागि कर्मचारीले सामान्य रुघा खोकी, ढाड दुख्ने तथा मानसिक तनावलाई बढी बाहना बनाएको पाइएको छ।
यसमा पनि जुनियर कर्मचारी सिनियरको तुलनामा बढी झूठो बोल्ने गरेको पाइएको छ।

प्रतिवेदनअनुसार महिलाको तुलनामा पुरुष कर्मचारीहरुले अरुले गरेको काममा आफूले जस लिने संख्या दोब्बर देखिएको छ। सर्वेक्षणमा सहभागी भएकामध्ये एक तिहाई सदस्यले आफूहरुले अफिसबाट स्ट्याब्लर, नोटबुक जस्ता ससाना बस्तुहरु चोरेर घरमा लगेको स्वीकार गरेका छन्।

१६ वर्षदेखि माथिको उमेरका ३ हजार ६ सय ५५ वयस्कसँग गरिएको सोधपुछमा यो प्रतिवेदन तयार पारिएको थियो।

सर्वेक्षणमा ६६ प्रतिशत कर्मचारीले आफ्ना सहकर्मीको गोपनीयता हाकिमसँग सुरक्षित राखिदिएका थिए।

अफिस होइन हाकिमलाई ‘बाई’

एक मनोवैज्ञानिक हेले लुईसका अनुसार प्रायः कर्मचारीहरुले आफूलाई आराम चाहिएको कुरा हाकिमलाई जानकारी गराउन विरामी भएको बताउने गरेका थिए।

यदि उनीहरुको हाकिमसँगको सम्बन्ध खराब भएमा थोरै मात्र साँचो कुरा बोल्छन्।

लुइसका अनुसार कर्मचारीहरु कुनै कम्पनी छोडेर गएमा उनीहरुले कम्पनी भन्दा पनि आफ्नो हाकिमलाई छोडेको महशुस गर्छन्। कर्मचारी सबैभन्दा बढी प्रभावित हुने उनीहरुको हाकिमको राम्रो वा खराब व्यवहारसँग हो।

प्रकाशित: Nov 23, 2019| 09:53 शनिबार, मंसिर ७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।