सोमबार, जेठ १८, २०८३

प्रदेश १ मा दल सनाखतका लागि ८ सांसद पुगे निर्वाचन आयोग

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सनाखतका लागि ८ जना प्रदेश सांसद निर्वाचन कार्यालय विराटनगर पुगेका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

विराटनगर- प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी सनाखतका लागि ८ जना प्रदेश सांसद निर्वाचन कार्यालय विराटनगर पुगेका छन्। 

National life

१० जना प्रदेश सांसदहरूले एकीकृत समाजवादीमा सनाखत गर्ने बताइएकोमा ८ जना आयोग पुगिसकेको सांसद राजेन्द्र राईले जानकारी दिए। उनले कृष्णकुमारी राई र उपेन्द्र घिमिरे बाहेक ८ जना पुगिसकेको बताए। दुई जना पनि केही बेरमा पुग्ने उनको दाबी छ।

एमाले छाडेर प्रदेश सांसदहरू समाजवादीमा थपिने भएका हुन्। भदौ २२ गतेसम्म दल रोज्न पाइने छ। अझै समय भएकाले सनाखत पछि पनि थपिने सांसदहरूको सनाखत अर्को दिन गरिने उनले बताए। 

उनका अनुसार एकीकृत समाजवादी पक्षमा राजेन्द्र राई, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सरिता थापा खड्का, कृष्णकुमारी राई, सुनिता चौधरी, खिनु लङ्वा लिम्वु, पदमकुमारी गुरुङ र राजन राई छन्।

प्रकाशित: Sep 01, 2021| 12:31 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।