बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • व्यवस्थित राउटे बस्तीका लागि पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

व्यवस्थित राउटे बस्तीका लागि पहल गर्छु : राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

सुर्खेत- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन्। कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यानको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्याबारे जानकारी दिएका हुन्। 

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए। ‘सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन,’ उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ।’

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने उनले बताए। कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकै ठाउँ बस्न तयार भए सरकारसमक्ष आफूले पहल गर्ने बताएका छन्। -न्युजकारखाना


प्रकाशित: Sep 01, 2021| 12:15 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।