मंगलबार, असोज २०, २०८३

'चामे जान काम पर्छ, पुल छैन'

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

मनाङ- सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या  भएको छ। मर्स्याङदी नदीमा गत असार १ गते आएको बाढीले गाउँपालिका पुग्ने एक मात्र झोलुङ्गे पुलमा क्षति पुर्‍याएपछि आवातजावतमा कठिनाइ भएको हो। 

बाढीले सदरमुकाम चामेसँग जोड्ने एक मात्र पुलमा क्षति पुगेपछि अहिले स्थानीयवासी ज्यान जोखिममा राखेर सामग्री ल्याउन बाध्य छन्। पुलको अधिकांश भाग भत्केको छ।  त्यही पुलबाट नारफुका बासिन्दा सदरमुकाम आवतजावत गर्न बाध्य भएका छन्।

बाढीले पुल भत्किएपछि चामे गाउँपालिका–२ कोतोस्थित मर्स्याङ्दी  नदीमाथिको पुलकै भरमा ओहोरदोहोर गर्न बाध्य भएको फुगाउँका स्थानीय सोनाम तेजे लामाले जानकारीदिए। ‘जोखिम मोलेर हिँडेन भने काम गर्न सकिँदैन। सधैँ हेलिकप्टरमा आउने कुरा भएन, सदमुकाममा काम पर्छ। जानुपर्‍यो, पुगेर फर्किन सक्ने हो कि होइन चिन्ता र त्रास त्रासैमा हिँड्नुपर्छ’, उनले भने।

गाउँसँग जोड्ने अन्य पुल पनि छैन। नार्पाभूमि गाउँपालिका सडक सञ्जालसँग समेत जोडिएको छैन। ‘गाउँपालिकासँग जोड्ने एक मात्र पुल पनि जीर्ण छ। यसलाई काठ राखेर जसोतसो हिँड्न मिल्ने बनाएका छौँ। यसलाई सहज बनाउनका लागि अझै मर्मत गरी सहज बनाउने प्रयास गरिरहेका छौँ। सदरमुकाममा काम पर्छ पुल छैन’, नार्पाभूमि गाउँपालिकाका अध्यक्ष मिङ्मारछिरिङ लामाले भने। खाद्यान्न हेलिकप्टरमार्फत ल्याए पनि सदरमुकामबाट गर्नुपर्ने अन्य कामका लागि जोखिम मोलेर हिँड्न बाध्य भएको उनले जानकारीदिए।

प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद लामिछानेले पुल मर्मत गर्न प्राविधिक जनशक्ति र आवश्यक सामग्रीसमेत अभाव रहेको बताएका छन्। सो  नदीको वहाव कम भए पनि जोखिम भने कम नभएको बताइएको छ। -रासस

प्रकाशित: Sep 01, 2021| 11:00 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।