आइतबार, साउन ३१, २०८३

छतबाट खसेर बैंकका कर्मचारीको मृत्यु

राष्ट्रिय वाणिज्य बैंक लम्की कैलाली शाखामा कार्यरत एक कर्मचारीको छतबाट खसेर मृत्यु भएको छ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

धनगढी- राष्ट्रिय वाणिज्य बैंक लम्की कैलाली शाखामा कार्यरत एक कर्मचारीको छतबाट खसेर मृत्यु भएको छ।

सोमबार बेलुकी शाखा कार्यालयको दोस्रो तलाबाट खसेर ४६ वर्षीय दयाकृष्ण पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय, लम्कीका प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्दले बैंकमा कार्यालय सहयोगी पदमा कार्यरत पन्तको छतबाट खसेर उपचारका क्रममा मृत्यु भएको जानकारी दिए।

चन्दका अनुसार राति करिव ९ बजेतिर छतबाट खसेका पन्तको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको हो। पन्तको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ।

मदिरा सेवन गरेका पन्तको मोबाइल फोनमा कुरा गर्दैगर्दा छतबाट खसेको बुझिएको छ।

प्रकाशित: Nov 19, 2019| 05:22 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।