शुक्रबार, साउन १, २०८३

विश्वकप छनोट : नेपाल र कुवेत आज प्रतिस्पर्धा गर्दै

सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।
 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं- सन् २०२२ मा कतारमा आयोजना हुन लागेको फिफा विश्वकपको दोस्रो चरणको छनोटअन्तर्गत नेपालले आज (मंगलबार) कुवेतसँग प्रतिस्पर्धा गर्दैछ।

नेपालले पहिलो घरेलु खेलको रूपमा कुवेतसँग भुटानको थिम्पुमा खेल्न लागेको हो। खेल थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ।

नेपालको दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नबनेपछि खेल न्युट्रल भेन्युको रूपमा भुटानमा सारिएको हो।

कुवेतविरुद्ध मैदान उत्रिँदा नेपाली टिम खेल जित्ने लक्ष्यमा छ। यसका लागि टिम तयार रहेको मुख्य प्रशिक्षक योहान कालिनले बताएका छन्। “हामी अघिल्ला खेलभन्दा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा छौं,” कुवेतसँगको खेलअघि प्रि म्याच कन्फरेन्समा उनले भने, “कुवेतले राम्रो गरिरहेको छ । तर, हामी आत्मविश्वासी छौं।”

यस्तै, कुवेतका मुख्य प्रशिक्षक थामर इनाडले नेपालविरुद्ध ३ अंकको लागि मैदान उत्रने बताए।

यसअघि कुवेतसँगको अवे खेलमा नेपालले ७-० को फराकिलो हार व्यहोरेको थियो। आजको खेलमा नेपाललाई पहिलो लिगमा व्यहोरेको हारको बदला लिने अवसर पनि छ। नेपाली खेलाडीलाई अनुकूल मौसमको फाइदा हुनेछ।

छनोटको समूह ‘बी’ मा नेपाल समूहको चौंथो स्थानमा छ। छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ। कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा छ।

कुवेतसँगको खेलमा स्ट्राइकर विमल घर्तिमगरसहित मिडफिल्डर अन्जन विष्ट तथा सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी टिममा छैनन्। केही दिनअघि राति नाइट क्लबमा भेटिएको भन्दै एन्फाले कारवाही गरेपछि उनीहरू टिममा नपरेका हुन्।

प्रकाशित: Nov 19, 2019| 04:52 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।