आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बेपत्ता पत्रकार तेजु खड्काको परिचयपत्र भेटियो, मृत्यु भएको आशंका

बेपत्ता पत्रकार तेजु खड्काको परिचयपत्र भेटियो, मृत्यु भएको आशंका

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं । बाजुराको बूढीनन्दा दर्शन गरेर फर्किने क्रममा २०७५ भदौदेखि बेपत्ता भएका पत्रकार तेजु खड्काको परिचयपत्रलगायत सामग्री भेटिएका छन्।

खड्काको परिचयपत्र, लाइसेन्स, झोलालगायत सामग्रीहरु भेटिएको प्रहरीले जनाएको छ। बाजुराको बूढीनन्दा नगरपालिका–३ मा पर्ने लौरीबिनायक भन्ने स्थानको जंगलमा स्थानीयले खड्काको परिचय खुल्ने सामग्री भेटाएको इलाका प्रहरी कार्यालय कोल्टी (बाजुरा) का प्रमुख प्रहरी नायब निरीक्षक रुद्रसिंह धामीले जानकारी दिए।

स्थानीय पदम रोकायालगायतले जडिबुटी खोज्ने क्रममा जंगलमा खड्काको पर्स, झोला, स्लिपिङ ब्यागलगायत सामग्री भेटाएपछि प्रहरीलाई खबर गरेका थिए।

सामग्री भेटिएको स्थान भन्दा केही पर दुईवटा हड्डीसमेत फेला परेकाले उक्त हड्डी खड्काकै हुन सक्ने अनुमान स्थानीयले लगाएका छन्।

स्थानीयले प्रहरीलाई खबर गरेपछि सोमबार दिउँसो नै उक्त स्थानतर्फ प्रहरी, पत्रकार र स्थानीयको टोली गइसकेको प्रहरी नायब निरीक्षक धामीले जानकारी दिए। कोल्टीबाट उक्त स्थान करिब दुई दिनको पैदल दूरीमा पर्ने भएकाले टोली घटनास्थल पुग्न अझै केही घण्टा लाग्ने उनले जानकारी दिए।

खड्का हराएको क्षेत्रमा तिव्र गतिमा हावा चल्ने भएकाले उनलाई हावाको बेगले उडाएर भीरमा लडाएको हुन सक्ने अनुमान स्थानीयले गरेका छन्।

नेपाल प्रेस युनियन डोटीका संस्थापक अध्यक्षसमेत रहेका खड्का पछिल्लो समय बाजुराको कोल्टीस्थित रेडियो बूढीनन्दामा कार्यरत थिए।

लामो समय रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र दिपायलमा काम गरेका खड्का दिपायल सिलगढी नगरपालिकाका स्थायी बासिन्दा हुन्।

 

प्रकाशित: Nov 19, 2019| 04:49 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।