आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मतदान केन्द्र तोकिएका संस्थामा तीन दिन सार्वजनिक बिदा

मतदान केन्द्र तोकिएका संस्थामा तीन दिन सार्वजनिक बिदा

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनलाई लक्षित गरेर मतदान केन्द्र तोकिएका स्थानमा तीन दिन सार्वजनिक बिदा दिन सम्बन्धित स्थानीय तहहरुलाई पत्राचार गरेको छ । निर्वाचन आयोगको आग्रहअनुसार मन्त्रालयले मंसिर १२, १३ र १४ गते बिदा दिन स्थानीय तहलाई निर्देशन दिएको हो ।

३५ जिल्लामा विभिन्न कारणले रिक्त रहेका ४७ स्थानमा उपनिर्वाचन हुँदैछ । ०७४ मा सम्पन्न ३ तह ९स्थानीय, प्रदेश र प्रतिनिधिसभा० को निर्वाचनपछि १ प्रतिनिधिसभा सांसद, ३ प्रदेशसभा सांसद, १ उपमहानगरपालिका प्रमुख, ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको निधन भइसकेको छ । ४७ मध्ये ९ जनाबाहेक अरु सबै जनप्रतिनिधिको निधन भएका कारण स्थान रिक्त छ । ५ जना वडा अध्यक्ष जिल्ला समन्वय समितिमा निर्वाचित, १ जनाको राजीनामा र २ स्थान अन्य कारणले रिक्त भएको आयोगले जनाएको छ ।

प्रतिनिधिसभातर्फ १, प्रदेशसभातर्फ ३ सांसद, उपमहानगरपालिकाको १ प्रमुख , ३ गाउँपािलका प्रमुख, १ उपप्रमुख र ३८ वडा अध्यक्षका लागि निर्वाचन गर्नुपर्नेछ । निर्वाचन आयोगसँग भएको तथ्यांकअनुसार ती स्थानमा ०७४ सालको निर्वाचनमा ४ लाख २५ हजार ७४ मतदाता रहेका थिए । २४१ स्थानमा मतदान केन्द्र रहनेछ ।

प्रकाशित: Nov 19, 2019| 04:26 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।