बिहीबार, भदौ ४, २०८३

मेलम्ची बजार दुर्गन्धित, २ महिना सम्म उठेन फोहोर

असार १ गते आएको बाढीपहिरोले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

सिन्धुपाल्चोक- असार १ गते आएको बाढीपहिरोले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ। नगरपालिकाले निर्माण गरेको फोहोर प्रशोधन केन्द्र बाढीले बगाएपछि जथाभावी फोहोर फाल्नाले बजार दुर्गन्धित बनेको हो।

दुई महिनादेखि फोहोर नउठ्दा दुर्गन्ध फैलाएको छ। बजार क्षेत्रमा थुपारिएको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध फैलिएसँगै सङ्क्रमणको त्रास बढेको छ। जताततै फोहोरैफोहोर भएकाले नाक, मुख थुनेर हिंड्नुपर्ने बाध्य रहेको स्थानीयवासीको भनाइ छ।

गर्मी समय भएकाले कुहिने फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित बनेको छ। होटल, तरकारी पसल, किराना पसल तथा घरबाट निस्कने फोहोर व्यवस्थापन नहुँदा मेलम्चीका खहरे खोला र बजार आसपासका छेउछाउ फोहोरले भरिएका छन्।

बाढी आउनु पहिले कुहिने, नकुहिने, पुनः प्रयोग गर्न मिल्ने–नमिल्ने गरी बजार क्षेत्रमा जम्मा हुने फोहर संकलन गरी व्यवस्थापन गरिन्थ्यो। बाढी आउनु पूर्व नगरपालिकाको गाडीले हप्तामा २ पटक फोहोर उठाउने गरेको थियो।

फोहोर व्यवस्थापनका लागि नगरपालिकाले दीर्घकाली नसोचको र ठाउँको अध्ययन गरिरहेको नगरपालिकाका मेयर डम्बर अर्यालले बताए। बजार व्यवस्थापन समिति र स्थानीय तहले बेलैमा यो विषयमा सोच्नुपर्ने स्थानीयले बताएका छन्। -न्युजकारखाना

प्रकाशित: Sep 01, 2021| 09:25 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।