आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सामूहिक बलात्कारमा परेकी पूजाले ८ वर्षपछि पाइन् न्याय

सामूहिक बलात्कारमा परेकी पूजाले ८ वर्षपछि पाइन् न्याय

सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराको बलात्कारमा संलग्न दुई जनालाई सर्वोच्च अदालतले साढे ११ वर्ष जेल सजाय सुनाएको छ। साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं - सामूहिक बलात्कारमा परेकी बैतडीकी पूजा बोहोराको बलात्कारमा संलग्न दुई जनालाई सर्वोच्च अदालतले साढे ११ वर्ष जेल सजाय सुनाएको छ। साथै पीडित बोहोरालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको छ।

न्यायाधीश सपना मल्ल र हरि फुयाँलको संयुक्त इजलासले तत्कालीन पुनरावेदन अदालत महेन्द्रनगरको फैसला उल्टाउँदै सर्वोच्चले सागर भट्ट र अमरराज अवस्थीलाई साढे ११ वर्ष कैद सजाय सुनाएको हो।

सर्वोच्च अदालतमा गत कार्तिक ७ गते उक्त मुद्दाको सुनुवाई भएको थियो।

यसअघि जिल्ला अदालत बैतडीका न्यायाधीश हिमाल पाठकको इजलासले बलात्कारमा संलग्न बैतडीका सागर भट्ट र अमर अवस्थीलाई जनही ५० हजार जरिवाना र १३ वर्षको कैद सजाय सुनाएको थियो।

तर मुद्दाको पुनरावेदन अदालत महेन्द्रनगरका तत्कालीन न्यायाधीहरु नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको इजलासले भट्ट र अवस्थीलाई सफाई दिएपछि पीडित पक्षले सर्वोच्च अदालत गुहारेको थियो।

२०६८ चैत ७ मा एसएलसी परीक्षाका लागि गेस पेपेर किन्न पाटन बजारमा पुगेकी पूजामाथि सामूहिक बलात्कार भएको थियो। उनी बैतडीको कैलापाल गाउँबाट पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन गएकी थिइन्।

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहोराको अस्पतालमा उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो। त्यसपछि प्रहरीले पूजाको बलात्कारमा संलग्न २ जनालाई पक्राउ गरी अनुसन्धान थालेको थियो।

प्रहरीको अनुसन्धानपछि बैतडी जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता भएको थियो।

पछि पुनरावेदन अदालतका तत्कालीन न्यायाधीश शाही र राजभण्डारीमाथि चरम न्यायिक बिचलन गरिएको भन्दै न्यायपरिषदमा उजुरी समेत परेको थियो।
न्यायाधीश शाही एउटा बियर कम्पनीको क्षेत्राधिकारबिहीन मुद्दाको सुनुवाई गरेको भन्दै सर्वोच्च अदालतबाट बर्खास्तमा परेका छन्।

प्रकाशित: Nov 18, 2019| 12:17 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।