आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्मला हत्या प्रकरणः किटानी जाहेरीबारे आमाले गराइन् प्रजिअको ध्यानाकर्षण

निर्मला हत्या प्रकरणः किटानी जाहेरीबारे आमाले गराइन् प्रजिअको ध्यानाकर्षण

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

कञ्चनपुर । बलात्कारपछि हत्या गरिएकी भीमदत्त नगरपालिका– २ की १३ वर्षीय बालिका निर्मला पन्तको हत्या प्रकरणमा किटानी जाहेरी दिएको दुई महिना बिति सक्दासमेत सुनवाइ हुन नसकेपछि आज प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गरिएको छ ।

निर्मलाकी आमा दुर्गादेवी पन्तसहितको अधिकारर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी सुशील वैद्यलाई भेटेर किटानी जाहेरीबारे ध्यानाकर्षण गराएको हो । निर्मलाकी आमा दुर्गादेवीले गत भदौ २२ गते दिलीपसिंह विष्टविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएकी थिइन् । निर्मलाकी आमा दुर्गादेवीले प्रमुख जिल्ला अधिकारी वैद्यलाई भेटेर किटानी जाहेरी दिएको दुई महिना बित्तिसक्दा समेत सुनवाइ हुन नसकेको भन्दै असन्तुष्टि पोखिन् ।

“छोरीको हत्या भएको लामो समय बितेको छ”, उनले भनिन्, “हत्यारा पत्ता लाग्न सकेको छैन, किटानी जाहेरीमा उल्लेखित व्यक्तिसँगसमेत सोधपुछ गरिएको छैन, किटानी जाहेरीमा नाम उल्लेख गरिएका व्यक्ति दोषी हैन भने अर्को अपराधि को हो पत्ता लगाई दिनुपर्यो ।” दिलीपले हत्यारा आफै भएको विभिन्न सञ्चारमाध्यममा भन्दै आउँदासमेत सोधपुछ नगरिएको उनले बताइन् ।

प्रमुख जिल्ला अधिकारी बैद्यले डिएनएलाई प्रमाण मान्न नसकिने ठहर भएपछि अनुसन्धानको दायरा साघुरिँदै गएको बताए । “किटानीबारे प्रमाण जुटाउने कार्य भइरहेको छ”, उनले भने, “प्रमाण जुटने वित्तिकै कारवाही प्रक्रिया अगाडि बढ्छ ।” झण्डै डेढवर्ष अघि घरबाट गुहकार्य गर्नका लागि साथीको घर गएपछि हराएकी निर्मलाको उखुबारीमा शव फेला परेको थियो । प्रहरीले विभिन्न अनुसन्धान टोली गठन गरी हत्याको छानबिनका लागि प्रक्रिया अगाडि बढाए पनि हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।

रासस

प्रकाशित: Nov 18, 2019| 12:11 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।