आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजस्व चुहावट गर्ने ८ जनाविरुद्ध ३८ करोड बिगो दाबीसहित मुद्दा

राजस्व चुहावट गर्ने ८ जनाविरुद्ध ३८ करोड बिगो दाबीसहित मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ३८ करोड २८ लाख भन्दा बढी बिगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा ३८ करोड २८ लाख भन्दा बढी बिगो दावी सहित अदालतमा मुद्दा दायर गरेको छ।

विभागले आइतबार जिल्ला अदालत झापा र जिल्ला अदालत काठमाडौंका पाँच छुट्टाछुट्टै कम्पनीमाथि राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेको हो।

विभागले झापाको मेचीनगर नगरपालिकास्थित साकम्बरी प्रोडक्टका प्रोपाइटर मुकेश शर्मा र रामकृष्ण शर्मा सहित ६ जना र काठमाडौंमा अम्बेल इन्टरप्राइजेज र सुसन्जित इन्टरप्राइजेजका प्रोपाइटरविरुद्ध मुद्धा सम्बन्धित जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।

विभागले झापा जिल्ला अदालतमा साकम्बरी प्रोडक्टका मुकेश शर्मा र सुपरभाइजर विष्णुप्रसाद खरेल, एसएस इन्टरप्राइजेजका प्रोपाइटर रामकृष्ण शर्मा र सुपरभाइजर सदन सिंह तथा माधव इन्टरप्राइजेजका प्रोपाइटर सिताराम शर्मा तथा सवारी धनी आशिष शर्माविरुद्ध जिल्ला अदालत झापामा ३६ करोड ५५ लाख ६३ हार ३३७ रुपैयाँ बराबरको बिगो दाबीसहित राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ को दफा ३ बमोजिम कसुर लाग्ने गरी मुद्धा दायर गरेको छ।

ती सबै कम्पनीले गुट्खाजन्य बस्तुहरुको अबैध उत्पादन गरी अन्तशुल्क स्टीकर नलगाई पुनः प्रयोग गर्ने र सरकारलाइ बुझाउनुपर्ने, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर र आयकरसमेत नबुझाएको विभागले अनुसन्धानका क्रममा फेला परोको थियो।

विभागले अदालतसमक्ष उनीहरुबाट विगो असुलउपर गराई विगोको दोव्वर जरिवाना र ३ बर्षसम्म कैदको माग गरेको छ।

विभागले उनीहरुमाथि अन्तःशुल्कको विगोमा ३१ करोड ५ लाख३९ हजार ९५९ रुपैँया, मूल्य अभिवृद्धि तर्फ २ करोड ७९ लाख ९८ हजार ५६९ रुपैयाँ, आयकर तर्फ २३ करोड ८८ लाख ३०१ रुपैयाँ र स्वास्थ्य जोखिम कर आर्थिक ऐनको दफा ७, (१) बमोजिम ३१ लाख ४१ हजार ७९१ रुपैयाँको माग दाबी गरेको छ।

त्यसैगरी मूल्यअभिवृद्धि कर भ्याटका भूmटा तथा नक्कल बिजकको प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा काठमाडौंका अम्बेल इन्टरप्राइजेजकी प्रोपाइटर विमला दुवाड र सुसन्जित इन्टरप्राइजेजकी प्रोपाइटर सरस्वती गौतम माथि पनि विभागले मुद्धा दायर गरेको छ।

उनीहरुमाथि विभागले राजस्व चुहावट गरी राज्यलाई हानी नोक्सानी पुर्याएकोले भन्दै एक करोड ७४ लाख रुपैयाँ बिगो दावी र तीन बर्षको कैदको माग सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

विनिता दुवाडलाई राजस्व चुहावट गरेको अभियोगमा विभागले १ करोड २८ लाख ७६ हजार १४५ रुपैयाँ बिगो दाबी गरेको छ भने गौतमलाई ४५ लाख ४५ हजार ३२५ बिगो दाबी गरेको छ।

प्रकाशित: Nov 18, 2019| 10:10 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।