आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली र प्रचण्डबीच भेट हुँदै, लाग्ला त नयाँ मन्त्रीको टुंगो ?

ओली र प्रचण्डबीच भेट हुँदै, लाग्ला त नयाँ मन्त्रीको टुंगो ?

आइतबारको नेकपा सचिवायल बैठकले मन्त्री हेरफेरका लागि सैद्धान्तिक सहमति दिएपछि सोमबार टुंगो लगाइँदैछ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं - आइतबारको नेकपा सचिवायल बैठकले मन्त्री हेरफेरका लागि सैद्धान्तिक सहमति दिएपछि सोमबार टुंगो लगाइँदैछ।

सोमबार साँझ ५ बजे नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको हेरफेर गर्दैछन्। प्रधानमन्त्री ओलीको नीजि सचिवालयले प्रधानमन्त्री निवास बालुवाटार मै छलफल हुने जनाएको छ।

यसअघि सोमबार बिहान प्रचण्डले आफ्नो निवासमा पूर्वमाओवादीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए। हटाउन लागिएका मन्त्री तथा सम्भावित मन्त्रीहरु पनि प्रचण्ड निवासमा उपस्थित थिए।

यसैगरी, त्रिसुली 'थ्री ए'को उद्घाटन गर्न सिंहदरबार पुगेका प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग पनि छलफल गरेका थिए। आज साँझ अध्यक्षद्वयले मन्त्रीहरुको टुंगो लगाउने जनाइएको छ।

प्रकाशित: Nov 18, 2019| 08:31 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।