आइतबार, साउन ३१, २०८३

भारतसँग प्रधानमन्त्रीले भने- 'सेना फिर्ता लैजानुस्'

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने- ‘हामीलाई अरूको जमिन पनि चाहिँदैन, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले पनि सेना फिर्ता लैजाउन् ।’ उनले नेपाली भूमि एक इन्च पनि मिचिन नदिने बताए ।
 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६

काठमाडौं- राजधानीबाट सोमबारका राष्ट्रिय दैनिक अखबारहरुले प्रधानमन्त्री नेपाली भूमिबाट भारतीय सेना हटाउँछु भनि दिएको अभिब्यक्ति र मेडिकल कलेजमा छापा मारिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै नेपाली भूमि मिचेर बसेका सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका थिए ।

नेकपाको भ्रातृ संगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रममा उनले भने– ‘हामीलाई अरूको जमिन पनि चाहिँदैन, हाम्रो जमिनबाट हाम्रा छिमेकीहरूले पनि सेना फिर्ता लैजाउन ।’ उनले नेपाली भूमि एक इन्च पनि मिचिन नदिने बताए ।

प्रधानमन्त्री बोलेको यहि विषयलाई मुख्य समाचार बनाउँदै आजको कान्तिपुर दैनिकले प्रधानमन्त्रीले भारतलाई भने– नेपाली भूमिबाट सेना फिर्ता लैजानुस् शीर्षकमा खबर लेखेको छ ।

अन्नपूर्ण पोस्ट्ले सेना फिर्ता लैजानुस्ः प्रधानमन्त्री शीर्षकमा खबर छापेको छ । यस्तै कूटनीतिक वार्ताको तयारी भएको पनि अन्नपूर्णले लेखेको छ ।

नागरिक दैनिकले इलामको सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले ज्याजदी गरेको विषयलाई मुख्य समाचार बनाएको छ । एसएसबीले इलामको सन्दकपुर डाँडामा जान र तस्बिर खिच्नसमेत रोक लगाएको समाचारमा उल्लेख छ ।

आजको नयाँ पत्रिकाले भने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले आइतबार तीन मेडिकल कलेजमा छापा हानेको विषयलाई मुख्य समाचार बनाएको छ ।

विभागले भरतपुरस्थित चितवन मेडिकल कलेज, वीरगन्जस्थित नेसनल मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजमा छापा हानेर कागजपत्र नियन्त्रणमा लिएको छ ।

यस्तै नयाँ पत्रिकाले कुन मेडिकल कलेजले कति रकम ठगि गरे त्यसको विवरण पनि छापेको छ । राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदन अनुसार तीन वर्षमा निजी मेडिकल कलेजले तीन अर्ब रुपैयाँ ठगी गरेको पाइएको छ।

आजका पत्रपत्रिकाले प्रधामन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गर्न लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेका छन् । आइतबार नेकपाको सचिवालय बैठकमा छलफल भएसँगै प्रधानमन्त्रीले सोमबार मन्त्री हेरफेर गर्न लागेका हुन् ।

 

प्रकाशित: Nov 18, 2019| 01:49 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।