आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थानीय तहका उमेदवारले पाए चुनाव चिह्न, प्रचारका लागि १० दिन

स्थानीय तहका उमेदवारले पाए चुनाव चिह्न, प्रचारका लागि १० दिन

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं । स्थानीय तहको रिक्त सदस्य पदका लागि यही मङ्सिर १४ गते शनिवार हुने उपनिर्वाचनका उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिएको छ । स्थानीय तहका उम्मेदवारलाई शान्तिपूर्ण वातावरणमा आज निर्वाचन चिह्न प्रदान गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूूर्यप्रसाद गौतमले जानकारी दिए । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारबाट निर्वाचन प्रचार प्रसार शुुरु भएको छ ।

स्थानीय तहको उपनिर्वाचनका लागि उपमहानगरपालिका प्रमुख १, गाउँपालिकाका अध्यक्ष ३, उपाध्यक्ष १ र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ सहित ४८ पदका लागि २७३ जनाकोे उम्मेदवारी कायम रहेको छ ।

निर्वाचन आयोगका अनुसार, धरान उपमहानगरपालिकाको प्रमुुखका लागि २३, पाँचथरको फाल्गुुनन्द गाउँपालिका अध्यक्षका लागि ८, मोहत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि २०, संखुुवासभाको मकालु गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी कायम भएको छ ।

हुुम्लाको खर्पुुनाथ गाउँपालिकाको उपाध्यक्षका लागि भने ३ जनाको मात्र उम्मेदवारी परेको छ । स्थानीय तहका उम्मेदवारले चुनाव प्रचार प्रसारका लागि १० दिनको अवधि पाएका छन् ।

रासस

प्रकाशित: Nov 17, 2019| 14:45 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।