आइतबार, साउन ३१, २०८३

अमेरिकी राजदूतको मन छोएको जनकपुरको ‘पान र लस्सी’

अमेरिकी राजदूत र्‍यान्डी बेरी गत साता भ्रमणका लागि जनकपुर पुगे। तीनदिने बसाइमा उनले विभिन्न राजनीतिक भेटघाटका साथै जानकी मन्दिरको दर्शन गर्न भ्याए।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

जनकपुरधाम- अमेरिकी राजदूत र्‍यान्डी बेरी गत साता भ्रमणका लागि जनकपुर पुगे। तीनदिने बसाइमा उनले विभिन्न राजनीतिक भेटघाटका साथै जानकी मन्दिरको दर्शन गर्न भ्याए।

जानकी मन्दिर पुगेका बेला उत्तराधिकारी महन्त रामरोशन दासले भगवा रङको दोसल्ला ओढाएर र्यान्डीको स्वागत गरेका थिए।

र्‍यान्डीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, जनकपुरधामका मेयर लालकिशोर साहलगायतका व्यक्तिलाई भेटेर जनकपुरको विकासबारे चर्चा गरे।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमबाट प्रभावित भएर र्‍यान्डीले सहयोगको प्रतिबद्धता जनाए ।

प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमझैं अमेरिकी राजदूत र्‍यान्डीलाई जनकपुरको पान र लस्सीले मन छोएको छ। सामान्य ग्राहकझैं उनी लस्सी र पान खान पसलमा पुगेका थिए।

काठमाडौं फर्केलगत्तै राजदूत र्‍यान्डीले ट्विटरमार्फत जनकपुरको पान र लस्सीको प्रशंसा गरेका छन्। र्‍यान्डीले भनेका छन्, ‘जनकपुर पुगेर मैले त्यहाँको प्रसिद्ध पान र लस्सी खाने अवसर भेटे। विश्वास गर्नुस्, अहिलेसम्मको सबैभन्दा राम्रो स्वाद मैले पाएको छु।’

यसैगरी उनले जनकपुरको रिक्सा चेढेको फोटो सार्वजनिक गर्दै बिर्सन नसक्ने अनुभव प्राप्त भएको बताएका छन्।

उनलाई जनकपुरधाम–१५ स्थित महिला विकास केन्द्रमा काम गर्ने महिलाले समेत उत्साहित बनाएको छ। केन्द्रमा काम गर्ने महिलाको लगनशीलता, सदभावका साथै लैंगिक समानताबारे दिइरहेको सन्देशबाट आफूलाई उत्साहित बनाएको र्‍यान्डीले बताएका छन्।

 

प्रकाशित: Nov 17, 2019| 11:26 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।