आइतबार, साउन ३१, २०८३

३७ लाख रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई नगद र चेकसहित काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई नगद र चेकसहित काठमाडौंको कुलेश्वरबाट पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले भारतको बेतिया जिल्ला, जोगपट्टी थाना घर भएका ५७ वर्षीय सत्यनारायण प्रसादलाई पक्राउ गरेको हो।

कालिमाटीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रुगम कुँवरले सत्यनारायणको साथबाट नेपाली ३६ लाख रुपैयाँ, विभिन्न बैंकका ३७ लाख ५ हजार बराबरको ६ वटा चेक, १ लख १९ हजार भारतीय रुपैँया, खाली चेकबुक ६ वटा र मोबाइल बरामद गरेको जानकारी दिए।

अवैध रुपमा भारतीय नोटका साथै हुण्डी कारोबार गर्ने गरेको सूचनाका आधारमा लामो प्रयासपछि प्रसादलाई पक्राउ गरेको कुँवरले बताए ।

उनलाई थप अनुसन्धानका लागि सोमबार राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 17, 2019| 11:11 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।