बिहीबार, भदौ ४, २०८३

घट्दै कोरोना, थपिँदै निषेधाज्ञा

जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ।
 |  बुधबार, भदौ १६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १६, २०७८

काभ्रेपलाञ्चोक- जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ। 

पछिल्लो २४ घण्टामा भने ३२ सङ्क्रमित देखिएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसिएमसी)ले जनाएको छ। सोमबार २३ सङ्क्रमित हुँदा ४२ निको भएका छन् भने आइतबार ३५ मा सङ्क्रमण देखियो भने ३९ सङ्क्रमणमुक्त भएको केन्द्रले जनाएको छ। यस्तै जिल्लामा शनिबार १५ सङ्क्रमित थपिँदा ४४ निको भएका थिए।

यसअघि केही दिनको केन्द्रको तथ्याङ्कले सङ्क्रमणदरभन्दा सङ्क्रमणमुक्तदर अधिक रहेको देखाएको हो। काभ्रेपलाञ्चोकमा हालसम्म १४ हजार २०० मा सङ्क्रमण देखिएकामा १८८ को मृत्यु भएको छ। हालसम्मका कूल सङ्क्रमितमध्ये ९६ प्रतिशत अर्थात् १३ हजार ५८९ सङ्क्रमणमुक्त भइसकेका छन्। भदौ महिनामा नगण्य मात्रामा सङ्क्रमितको मृत्युका घटना भएका छन्।

जिल्लामा हाल ४२३ सक्रिय सङ्क्रमितमध्ये सबैभन्दा बढी बनेपा नगरपालिकामा १२०, धुलिखेलमा १०४, पाँचखालमा ४३, पनौतीमा ४३, नमोबुद्धमा ५३, मण्डनदेउपुरमा आठ तथा रोशी गाउँपालिकामा १२, चौँरीदेउरालीमा दुई, तेमालमा चार, भुम्लु १६, खानीखोलामा दुई, बेथानचोकमा १४ र महाभारत गाउँपालिकामा दुई सक्रिय सङ्क्रमित रहेको केन्द्रले जनाएको छ।

यसैबीच जिल्लामा आजदेखि यही भदौ २५ गतेसम्म ‘मिक्स लकडाउन’ थप गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले काभ्रेमा कोरोना ‘संवेदनशील क्षेत्र’ रहेकाले निषेधाज्ञा थपिएको बताए। 'सङ्क्रमणदर घटेको देखिए पनि गम्भीर बन्नुपर्ने अवस्था यथावत नै छ, त्यसैले निषेधाज्ञा लम्ब्याइएको हो', उनले भने।

प्रशासनद्वारा मंगलबार थपिएको निषेधाज्ञाअनुसार विद्यालयमा भौतिकरूपमा शैक्षिक गतिविधि नगर्नेलगायत यसअघिका निर्णयलाई यथावत राख्दै विवाह, व्रतवन्ध तथा सामाजिकरूपमा गरिने सांस्कृतिक कार्यक्रम होटल तथा पार्टीप्यालेसमा नगर्न भनिएको छ। साथै सवारी साधनका कूल सिट क्षमताभन्दा बढी यात्रु नराख्न तथा चालक, सहचालक र यात्रुले स्वास्थ्यका मापदण्ड अपनाउन, पसल बिहान ६ देखि बेलुका ७ बजेसम्म मात्रै सञ्चालन गर्नुपर्ने उल्लेख गरिएको छ।

कोरोना सङ्क्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । कोरोना सङ्क्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले आफ्नो क्षेत्र ‘सिल’समेत गर्नुपरेको थियो। रासस

प्रकाशित: Sep 01, 2021| 07:45 बुधबार, भदौ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।