आइतबार, साउन ३१, २०८३

ढकालका लागि भोट माग्न भक्तपुर पुगे नारायणकाजी

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

भक्तपुर । यही मंसिर १४ गते हुन लागेको उपनिर्वाचनका लागि उमेदवारहरु भोट माग्न व्यस्त छन् । आफ्ना योजना तथा प्रतिबद्धतासहित विभिन्न दलका उमेदवारहरु जनताको घरदैलोमा पुगिरहेका छन् ।

यसै क्रममा सत्तारुढ दल नेकपाका नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ आइतबार भक्तपुर पुगे । भक्तपुरमा रिक्त रहेको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर १ (क) का उमेदवार डिपी ढकाललाई भोट माग्न श्रेष्ठ निर्वाचन क्षेत्रमा पुगेका हुन् ।

उमेदवारसँगै केही मतदाताको घरमा पुगेका श्रेष्ठले समृद्ध नेपाल सुखी नेपालीको सपना नेकपाले नै पूरा गर्ने दाबी गर्दै ढकालका लागि भोट मागेका थिए ।

रासस

प्रकाशित: Nov 17, 2019| 10:52 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।