आइतबार, साउन ३१, २०८३

हज गर्न मक्का जानेका लागि आवेदन खुल्यो

सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहनेहरुका लागि आवेदन खुलेको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहनेहरुका लागि आवेदन खुलेको छ।

नेपाल सरकार गृह मन्त्रालयले आइतबारदेखि मंसिर ३० गतेसम्मका लागि आवेदन खुला गरेको हो।

यात्रीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत अथवा गृहमन्त्रालयको वेबसाइटमार्फत् फारम भर्न सक्ने मन्त्रालयले जनाएको छ।

हज गर्न जानेहरुले आवेदनमा नेपाली नागरिकताको प्रतिलिपि, सक्कल राहदानी, राहदानीको प्रतिलिपि र हालसालै खिचिएको फोटो ४ थान माग गरिएको छ।

यसैगरी, आवेदनसहित हवाई टिकटको रकम, साउदी अरबमा लाग्ने घर भाडा र मौलिक दस्तुरलगायतका लागि एक लाख २५ हजार रकम बैंकमा तिरेको भौचरको माग गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंक अथवा सनराइज बैंकको कुनै पनि शाखाबाट नेपाल हज समितिको खातामा रकम दाखिला गर्न सकिनेछ।

हजमा जान चाहने महिलाहरुले भने नाता प्रमाणित गर्नु पर्नेछ।

गत वर्ष अवसर पाएर पनि हज गर्न जान नसकेका २ सय २० जनालाई यस वर्ष पहिलो प्राथमिकता दिइने हज समितिले जनाएको छ।

प्रकाशित: Nov 17, 2019| 09:59 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।