वीरगंज- सरकारी कर्मचारीसहित नौ जोडीलाई प्रहरीले बाराको सिमरास्थित होटेलबाट नियन्त्रणमा लिएको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१ सिमरा बजारस्थित विभिन्न होटल तथा लजमा छापा हानेर उनीहरुलाई पक्राउ गरिएको बारा प्रहरीले जानकारी दिएको छ।
पक्राउ पर्नेमा निजगढ, बुटवललगायत विभिन्न स्थानका सरकारी कर्मचारीसमेत रहेको प्रहरीले जानकारी दिएको छ ।
इलाका प्रहरी कार्यालय सिमराको टोलीले दीप, गोर्खाज, झापाली, नमस्ते, रोजी होटलबाट नौ जोडीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए।
‘होटलमा शंकास्पद अवस्थामा भेटेर नियन्त्रणमा लिएका हौं,’ उनले भने, ‘अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको छ।’
राठौरले रकम लिएर गरिने अवैध यौन धन्दालाई निरुत्साहित गर्न प्रहरी कठोर भएर लागेको दाबी गरे।
अपराध नियन्त्रणमा सफल हुन नसकेको प्रहरीले होटलमा विश्राम गरिरहेका जोडीलाई नियन्त्रणमा लिइ अनावश्यक दुख दिएको भन्दै होटेल व्यवसायीले आपत्ति जनाएका छन्।