आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भीमफेदी कारागारका जेलर थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचार मुद्दा

भीमफेदी कारागारका जेलर थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारागार कार्यालय भिमफेदी मकवानपुरका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमतिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाएको छ ।

जेलर थापाले सार्वजनिक सेवाको पदमा रही गैरकानुनी सम्पत्ति आर्जन गरी अस्वभाविक उच्च जीवनयापन गरेको आरोपमा उनीविरुद्ध छानबिन गरी अख्यिारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

उनीविरुद्ध १ करोड १३ लाख ६० हजार ४१० रुपैयाँ ९५ पैसा बिगो दाबी गरिएको छ ।

त्यस्तै उनकी श्रीमति गोमा कट्टेल थापाविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

जेलर थापाले आफूले पदको दुरुपयोग गरी कमाएको सम्पत्ति श्रीमतीको नाममा पनि दर्ता गराएको भन्दै विशेष अदालत काठमाडौंमा आइतबार आरोप पत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीप कुमार कोइरालाले जनाएका छन् ।

शनिबार राति भीमफेदी कारागारबाट एक जना कैदी फरार भएका थिए ।

प्रकाशित: Nov 17, 2019| 09:00 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।