आइतबार, साउन ३१, २०८३

वामदेव र नारायणकाजीलाई राष्ट्रिय सभामा ल्याउन छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्यहरुलाई राष्ट्रियसभा सदस्य बनाउन छलफल भएको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई जना सचिवालय सदस्यहरुलाई राष्ट्रियसभा सदस्य बनाउन छलफल भएको छ।

आइतबार दिउँसो अध्यक्षद्वय ओली र प्रचण्ड युवा संघको कार्यक्रममा सहभागी भएका बेला वामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई राष्ट्रियसभा सदस्य बनाउने विषयमा केही नेताहरुबीच छलफल भएको थियो।

आइतबार नै बस्ने सचिवालय बैठकमा समेत यस विषयमा छलफल हुने बुझिएको छ।

नेकपाको सचिवालयमा रहेका ९ जना मध्ये ७ जना सदस्य अहिले प्रतिनिधिसभा सदस्य छन्। बर्दिया र गोरखाबाट उम्मेदवारी दिएका गौतम र श्रेष्ठ भने पराजित भएका थिए।

दुई महिनापछि रिक्त हुने राष्ट्रियसभा सदस्यहरुको स्थानमा गौतम र श्रेष्ठलाई लैजाने तयारी भइरहेको पनि बुझिएको छ।

नेकपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यका कारण केही समय विश्राम लिनुपर्ने भएकाले त्यसअघि नै गौतम र श्रेष्ठका विषयमा टुंगो लगाउनेबारे छलफल हुनेछ।

यसअघि गौतमलाई संसदमा लैजानका लागि उपनिर्वाचनमा उम्मेदवार बनाउने चर्चा थियो।

प्रकाशित: Nov 17, 2019| 08:36 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।