आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालक कारवाहीमा

लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालक कारवाहीमा

ट्राफिक प्रहरीले लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालकलाई कारबाही गरेको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- ट्राफिक प्रहरीले लुकिङ ग्लास हटाउने तथा स्वरूप परिवर्तन गर्ने साढे तीन सय मोटरसाइकल चालकलाई कारबाही गरेको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले शनिबार तीन सय ४५ मोटरसाइकल चालकलाई कारवाही गरेको हो।

लुकिङ ग्लास हटाउँदा तथा यसको स्वरूप परिवर्तन गर्दा दुर्घटना बढिरहेको भन्दै यसलाई न्यूनीकरण गर्न शनिबारदेखि कारवाही अभियान थालिएको महाशाखाका कार्यालय प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

“हाल सञ्चालन भइरहेका विभिन्न किसिमका मोटरसाइकलमा आफूखुसी लुकिङ ग्लास हटाएको तथा स्वरूप परिवर्तन गरेका कारण चालकले पछाडिका सवारीसाधनको अवस्थाबारे जानकारी नपाउँदा मोटरसाइकल दुर्घटना बढिरहेको देखिएको छ, जसबाट हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी महाशाखाले २०८६ कात्तिक ३० गतेदेखि लुकिङ ग्लास फोल्ड गर्ने, नराख्ने तथा दायाँबायाँ नदेखिने गरी राख्ने मोटरसाइकल चालकउपर कारवाही अभियान सुरु गरिएको व्यहोरा सबैलाई सूचित गराइन्छ,” आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारवाही अभियान थालेको जनाएको छ।

प्रकाशित: Nov 17, 2019| 07:34 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।