आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूमि अतिक्रमणबारे प्रधानमन्त्रीले भने– भारतसँग संवाद गर्ने हैसियत राख्छौं

भूमि अतिक्रमणबारे प्रधानमन्त्रीले भने– भारतसँग संवाद गर्ने हैसियत राख्छौं

 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिहरुले सरकारबाट केही पाउन नसकेकोले सरकारको विरोध गरिरहेको बताएका छन् ।

युवा संघद्वारा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई करिब १ घण्टा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले सरकार विरोधीहरुका विषयमा विशेष चर्चा गरे।

प्रधानमन्त्री ओलीले भने, ‘सरकारको विरोध गर्नेहरु दुई प्रकारका छन्। पहिलो, कम्युनिष्ट सरकार भएकाले वैचारिक रुपमै विरोध गर्नेहरु र दोस्रो सरकारबाट लाभ पाउन नसकेकाहरु ।’

विरोधीहरुको स्वरलाई मत्थर पारिने दाबी पनि प्रधानमन्त्री ओलीले गरेका छन्। पार्टीका युवाहरुलाई लोभलालचमा नफस्न सुझाव दिँदै उनले केही युवाहरुलाई मन्त्रिपरिषदमा पनि लगिने बताए।

सीमा विवादका विषयमा प्रधानमन्त्री ओलीले भारतीय सुरक्षाकर्मी फिर्ता हुन सक्ने बताए। नेपालको भूभागमा शताब्दी अघि नै भारतीय सेना बसेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने,‘नेपाली भूमी फिर्ता लिन सक्छौं र लिन सक्नुपर्छ।’

भारतसँग संवाद गर्ने हैसियत आफूहरुको रहेको दाबी गर्दै उनले सरकारले त्यसतर्फ ध्यान दिएको बताए ।

तस्बिरः रासस

प्रकाशित: Nov 17, 2019| 07:26 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।