आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको सचिवालय बैठक अपरान्ह बस्दै, जिम्मेवारी बाँडफाँडको एजेण्डा

नेकपाको सचिवालय बैठक अपरान्ह बस्दै, जिम्मेवारी बाँडफाँडको एजेण्डा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज अपरान्ह बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको स्वास्थ्य अवस्थाबारे छलफल हुनुका साथै सरकार र पार्टीमा जिम्मेवारी बाँडफाँडबारे छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको पुनः मिर्गौला प्रत्यारोपण गर्ने चर्चा चलिरहेको बेला सचिवालय बैठकले सरकार र पार्टीको जिम्मेवारीका विषयमा टुंगो लगाउने प्रधानमन्त्री ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

उनका अनुसार आजको बैठकले पोलिटव्यूरो गठनको प्रक्रियालाई पनि अगाडि बढाउनेछ । प्रधानमन्त्री ओलीलाई अब आराम चाहिएकाले पार्टी सञ्चालनको जिम्मेवारीका विषयमा पनि बैठकले ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

प्रकाशित: Nov 17, 2019| 07:13 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।