आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’

विप्लवद्वारा उपनिर्वाचन बहिस्कार, सत्तारुढ दलको कार्यक्रममाथि ‘प्रतिबन्ध’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने जनाएको छ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले उपनिर्वाचन बहिस्कार गर्ने जनाएको छ। पार्टी महासचिव विप्लवले विज्ञप्ति जारी गर्दै उपनिर्वाचनलाई ‘सशक्त बहिस्कार’ गर्ने उल्लेख गरेका छन्।

विज्ञप्तिमा सत्तारुढ दलको कार्यक्रममाथि प्रतिबन्ध लगाउने चेतावनी दिइएको छ। विज्ञप्तिमा भनिएको छ, “यो सरकारले हाम्रो पार्टीमाथिको प्रतिबन्ध नहटाएसम्म उपचुनावको कार्यक्रममा सरकार र सत्तामा सामेल पार्टीहरुको गतिविधिहरुलाई लगाउने निर्णय गरेको छ।”

सर्वसाधारणलाई उपचुनावमा सहभागी नहुन आग्रह गर्दै विप्लवले आफ्ना कार्यकर्तामाथि दमन नगर्न सुरक्षा निकायलाईसमेत आग्रह गरेका छन्।

सीमा विवादमा सरकारले प्रतिवाद गर्न नसकेको भन्दै विप्लवले सरकारको पनि आलोचना गरेको छ।

प्रकाशित: Nov 17, 2019| 05:37 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।