काठमाडौं- सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगलाई पूर्णता दिने तयारी गरिएको छ।
आयोगलाई पूर्णता दिन नाम सिफारिस समितिको बैठक आज (आइतबार) बस्न लागेको हो।
यसअघि शुक्रबार बसेको सिफारिस समितिको बैठकले नाम टुंगो लगाउन नसकेपछि आइतबारका लागि बैठक बोलाइएको हो।
समितिका अनुसार बैठकमा पदाधिकारी नाम सिफारिसका लागि बैठकमा छलफल गरिने छ।
सत्य निरुपणको अध्यक्षका लागि नेपाल ल क्याम्पसका प्राध्यापक गणेशदत्त भट्टलाई बनाउने सहमति जुटेको सहमति जनाइएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भट्टलाई बनाउने सहमति जुटेको हो।
सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको आयोगका लागि पदाधिकारी सिफारिसका लागि सहमति जुट्न नसक्दा दुई आयोग ९ महिनादेखि खाली छन्।