आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्वाधिक राजस्व तिर्नेमा फेरि सिद्धार्थ राणा, संस्थागततर्फ सूर्य नेपाल

सर्वाधिक राजस्व तिर्नेमा फेरि सिद्धार्थ राणा, संस्थागततर्फ सूर्य नेपाल

आन्तरिक राजस्व विभागले सबैभन्दा बढी राजस्व तिर्ने व्यावसायिक संघसंस्था र उद्योगीलाई सम्मान गरेको छ । विभागले
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

काठमाडौं- आन्तरिक राजस्व विभागले सबैभन्दा बढी राजस्व तिर्ने व्यावसायिक संघसंस्था र उद्योगीलाई सम्मान गरेको छ ।

विभागले आठौं राष्ट्रिय कर दिवसका अवसरमा सूर्य नेपाललाई सबैभन्दा बढी कर तिर्ने उद्योगका रूपमा सम्मान गरेको छ। दोस्रोमा डाबर नेपाल, तेस्रोमा जगदम्बा प्रालि र चौथोमा राष्ट्रिय वाणिज्य बैंक छन्।

सर्वाधिक कर तिर्ने व्यक्तिमा सिद्धार्थ राणा छन् । उनी लगातार चौथोपटक सर्वाधिक कर तिर्ने व्यक्तिका रुपमा सम्मानित भएका हुन्।

सर्वाधिक कर तिर्ने इन्टरनेट सेवा प्रदायक कम्पनीका तर्फबाट वल्र्ड लिंक, बिमा व्यवसायका तर्फबाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, व्यापारतर्फ अग्नि इन्टरप्राइजेज, पर्यटनतर्फ तारागाउँ रिजेन्सी, मध्यमस्तरीय कर दातामध्येबाट कामना सेवा बिकास बैंक र आन्तरिक करतर्फ घोराही सिमेन्ट सबैभन्दा बढी कर तिर्नेमा सम्मानित भएको आन्तरिक राजस्व विभागले जनाएको छ ।

उनीहरूलाई विभागद्वारा आयोजित कार्यक्रममा अर्थमन्त्री डा.युवराज खतिवडाले सम्मान गरेका हुन्।

प्रकाशित: Nov 17, 2019| 05:20 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।