आइतबार, साउन ३१, २०८३

गढीमाईमा ६५ प्रतिशत पशु बलि भारतीय भक्तजनबाट

मेलामा भारतको सीतामढी, बैरगेनीया, घोडासन, आदापुर रक्सौललगायत सीमवर्ती सहरबाट बोका, मुसा, कुखुरा, सुंगुर, हाँससहित ठूलो संख्यामा भक्तजन आउने गर्दछन् ।
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

बारा- प्रत्येक पाँच वर्षमा लाग्ने बाराको बरियारपुरस्थित विश्वप्रसिद्ध गढीमाई मेला आज सुरु भएको छ।

गढीमाई विश्वकै बढी बलि चढाइने शक्तिपीठ मानिन्छ। मेलामा ठूलो संख्यामा पशु बलि दिइन्छ । तीमध्ये ६५ प्रतिशत पशु भारतीय भक्तजनले ल्याउने मेला व्यवस्थापन मूल आयोजक समितिले जनाएको छ।

भारतको सीतामढी, बैरगेनीया, घोडासन, आदापुर रक्सौललगायत सीमवर्ती सहरबाट बोका, मुसा, कुखुरा, सुंगुर, हाँससहित ठूलो संख्यामा भक्तजन आउने गर्दछन् । यस्तै नेपालका मध्य तथा पूर्वी तराईसहित विभिन्न जिल्लाबाट भक्तजनले गढीमाईको दर्शन गर्नेछन्।

मेलामा मंसिर १७ गतेदेखि मन्दिर परिसरमा भाकल गरेका परेवा उडाइन्छ । १७ गते राति विधिवत् पूजा गरेपछि १२ बजे ब्रह्म स्थानमा बोका, मुसा, कुखुरा, सुंगुर, हाँस र बनारसका डोम राजाले पठाएको राँगाको बलि पछि सम्पूर्ण राँगाको बलि खुल्छ।

१८ गते अन्य बलि आ–आफ्ना सुविधाअनुसार दिइने मन्दिरका पुजारी मंगल चौधरी थारुले जानकारी दिए। चौधरीका अनुसार मंसिर १७ गते राति १२ बजेपछि नर बलिस्वरुप तान्त्रिकले निधार, जिब्रो, कान र छातीबाट एकएक थोपा रगत चढाउने चलन रहेको बताए ।

सुरक्षाका लागि लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीलाई खटाइएको बाराका प्रमुख जिल्ला अधिकारी फणीन्द्रमणि पोखरेलले बताए।

मेलाका लागि ७२ सदस्यीय मूल व्यवस्थापन समिति र १४ वटा उपसमिति बनाइएको छ। बलिको समयमा दसौं लाख भक्तजनले गढीमाईको दर्शन गर्ने अपेक्षा छ।

मेला व्यवस्थापन मूल समितिका महासचिव मोतीलाल कुशवाहाले पशुबलिको समयमा भक्तजनको भीड लाग्ने हुँदा त्यसैअनुसारको तयारी भइरहेको बताएका छन् । मेलामा ७० लाखभन्दा बढी भक्तजन आउने अनुमान छ।

दलित समुदायद्वारा सिनो बहिष्कार

दलित समुदायले सिनो बहिष्कार गर्ने निर्णय गररेका छन् । उनीहरुले राँगाको मासु नखान अभियान चलाएका छन्।

विगतमा बलि चढेका राँगाको मासु दलित समुदायले लैजाने गरेका थिए। दलित समुदायका अगुवाले अघिल्लो मेलामा पनि सिनो बहिष्कार अभियान चलाएका थिए। तर यसपटक दलित समुदायको भेलाले सिनो बहिष्कार गर्ने निर्णय गरेको छ।

 

प्रकाशित: Nov 17, 2019| 04:58 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।