आइतबार, साउन ३१, २०८३

भीमफेदी कारागारबाट कैदी फरार

मकवानपुरमा रहेको भीमफेदी कारागारबाट एक जना कैदी फरार भएका छन । चितवन घर भएका ...
 |  आइतबार, मंसिर १, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १, २०७६

हेटौँडा- मकवानपुरमा रहेको भीमफेदी कारागारबाट एक जना कैदी फरार भएका छन ।

चितवन घर भएका ३० वर्षीय कुलदिप राज धामी (चौधरी) शनिबार राति जेलबाट भागेको जेलर प्रकाश खनालले बताए । धामी कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय भोगिराखेका थिए ।

कारागारभित्र सीसीटीभी जडान गरिएपनि सीसीटीभीले नभेट्ने स्थानबाट उनी भागेको जेलर खनालले जानकारी दिए । उनका अनुसार फरार कैदी राति ९/१० बजेको हाराहारीमा भागेका हुन् ।

भरतपुर जेलबाट १५ महिना अघि भीमफेदी कारागार आएका धामी क्षेत्रीय कारागार भीमफेदीको क ब्लकको सह–नाईके समेत थिए ।

फरार कैदीको तीव्र रुपमा खोजी भइरहेको जेल प्रशासनले जनाएको छ ।

प्रकाशित: Nov 17, 2019| 03:28 आइतबार, मंसिर १, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।