आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ग्राण्डी अस्पतालमा प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस

ग्राण्डी अस्पतालमा प्रधानमन्त्रीको तेस्रो पटक डायलासिस

प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिएको छ। शनिबार दिउँसो धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरिएको अस्पतालले जनाएको छ।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको तेस्रो पटक डायलासिस गरिएको छ।

शनिबार दिउँसो धापासीस्थित ग्राण्डी अस्पतालमा डायलासिस गरिएको अस्पतालले जनाएको छ।

अस्पतालले एक विज्ञप्ती जारी गर्दै शनिबार दिउँसो प्रधानमन्त्री ओलीको डायलासि सम्पन्न भएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जनाएको छ।

साथै विज्ञप्तीमा उपचारपछि प्रधानमन्त्री शनिबार नै निवास फर्किने पनि उल्लेख गरिएको छ।

शनिबार अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डे, प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाह तथा युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका अध्यक्ष प्रेमराज ज्ञवालीले संयुक्त रुपमा विज्ञप्ती निकालेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएका हुन्।

प्रधानमन्त्री ओलीको दुई पटक होमोडायलासिस गरिएको थियो।

गत भदौमा ओलीले सिंगापुरमा प्लाज्मा फोरोसिस गरेर फर्किएका थिए।

प्रकाशित: Nov 16, 2019| 10:11 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।