आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतले कब्जा गरेको सन्दकपुरमा नेपाली युवाले फहराए राष्ट्रिय झण्डा

भारतले कब्जा गरेको सन्दकपुरमा नेपाली युवाले फहराए राष्ट्रिय झण्डा

भारतले अतिक्रमण गरेको इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ को नेपाली भूमिमा नेपाली युवाले राष्ट्रिय झण्डा फहराएका छन्।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

इलाम- भारतले अतिक्रमण गरेको इलामको सन्दकपुर गाउँपालिका वडा नं. ४ को नेपाली भूमिमा नेपाली युवाले राष्ट्रिय झण्डा फहराएका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु इलाम जिल्ला कमिटीले भारतीय सीमा सुरक्षा बलसँग प्रतिकार गरी शनिबार सन्दकपुरमा नेपाली झण्डा फहराएका हुन्।

उक्त ठाउँ केही समय अगाडि गाँउपालिकाले निर्माण सुरू गरेको भ्यु टावरलाई निर्माण अवरुद्ध गरी भारतले कव्जा गरेको थियो।

सो कव्जा गरेको जमिनमा अनेरास्ववियुले नेपालको राष्ट्रिय झण्डा फहराउन खोज्दा भारतीय सिमा सुरक्षा बलले बल प्रयोग गरेपछि सामान्य झडपसमेत भएको थियो।

अनेरास्ववियुका नेता रविन्द्र सुवेदीको नेतृत्वमा गएको टोलीले भारतद्वारा निषेधित क्षेत्र भनिएर लेखिएको बोर्डसमेत भत्काएर फ्याकिदिएका छन्।

कब्जा गरिएको जमिनमा राष्ट्रिय झन्डा फहराएपछि विधार्थीहरूले नाराजुलुस पनि गरेको अनेरास्ववियका नेता आरसी लामिछानेले जानकारी दिए।

प्रकाशित: Nov 16, 2019| 09:29 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।