काठमाडौं- शुक्रबार राति ठमेलको क्लबमा भेटिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले चार जना फुटवलरलाई कारबाही गरेको छ।
शुक्रबार राति ठमेलको क्लबमा भेटिएपछि एन्फाले राष्ट्रिय टोलीका फरवार्ड बिलम घर्ती मगर, अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङलाई कारबाही गरेको हो।
उनीहरु अब फिफा विश्वकप फुटबलको कुवेतविरुद्धको छनोट खेल खेल्न नपाउने भएका छन्।
विश्वकप छनोटको दोस्रो चरण अन्तरगत कुवेतविरुद्ध खेल्नुअघि बन्द प्रशिक्षणमा रहेका उनीहरुलाई टिमबाट हटाइएको एन्फाले जनाएको छ।