आइतबार, साउन ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • देउवा भन्छन्- सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्दैन

देउवा भन्छन्- सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्दैन

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन्।
 |  शनिबार, कात्तिक ३०, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ३०, २०७६

कञ्चनपुर- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लम्पसारवादी प्रवृत्तिले सीमा विवाद समस्या समाधान गर्न नसक्ने दाबी गरेका छन्।

शनिबार कञ्चनपुर पुगेका सभापति देउवाले भने, “सीमा विवाद हल गर्न र अतिक्रमित भूमि फिर्ता ल्याउन कम्युनिस्ट सरकारले मतलब गरेको छैन,” सभापति देउवाले भने, “राष्ट्रवादको नारा दिने, कुटनीतिक तवरबाट विवाद हल गर्ने काम नगर्ने ?”

“राष्ट्रवादको नारा दिने अनि लम्पसारवादी हुने ?” देउवाले प्रश्न गरे।

आफू प्रधानमन्त्री भएका बेला सीमा विवाद मिलाउन पहल गरेको दाबी गर्दै देउवाले भने, “मैले प्रधानमन्त्री हुँदा कुटनीतिक पहल गरेको थिएँ। आज पनि भन्दैछु, कुटनीतिक पहल गर्नुपर्छ।”

नेपाल-भारत सीमा महाकाली नदी हो भनेर सन्धीमै लेखिएको बताउँदै देउवाले भने, “महाकालीको पानी पनि आधा हक लाग्छ भन्ने सिद्धान्त तहमै पास भएको हो।”

प्रकाशित: Nov 16, 2019| 07:03 शनिबार, कात्तिक ३०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।