काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली ग्रान्डी अस्पताल पुगेका छन्। उनी ‘फलोअप’ का लागि ग्रान्डी पुगेका हुन्। यसबारे ओलीले मन्त्रिपरिषद् बैठकमा जानकारी गराएका थिए।
ओलीको मिर्गौलामा स्टेन्ट राखिएको छ। शनिबार मिर्गौलाबाट स्टेन्ट निकालिनुका साथै अरू नियमित जाँच पनि हुने बताइएको छ। गत कात्तिक १२ र १३ गते डायलासिस गर्दा ओलीको मिर्गौलामा स्टेन्ट हालिएको थियो। त्यसपछि उनी डाक्टरहरूको नियमित निगरानीमा रहेका थिए।
प्रधानमन्त्री ओलीको १२ वर्षअघि भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थि